आफतावले पोलिग्राफ टेस्ट गर्न मानेनन्: प्रहरी

फाइल तस्बिर

राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका रौतहट-२ का सासंद तथा पूर्वमन्त्री मोहमद आफताव आलमले प्रहरी अनुसन्धानका क्रममा पोलिग्राफ टेस्ट(झुठ बोले नबोलेको पत्ता लगाउने) गर्न मानेका छैनन् ।

सोधपुछ तथा अनुसन्धानका क्रममा आरोपित व्यक्तिले झुठ बोले नबोलेको पता लगाउन पोलिग्राफमार्फत शारीरिक प्रतिक्रिया परीक्षण गर्ने गरिन्छ ।जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलबार पोलिग्राफ टेस्ट गर्ने तयारी गरेको थियो । तर, उनले मानेन् ।

 ‘अनुसन्धानका क्रममा आवश्यक्ता अनुसार हामीले आलमको पोलिग्राफ टेस्ट गर्ने छौं,’ डीएसपी नवीन कार्कीले भने, ‘आलमले भने पोलिग्राफि टेस्ट गर्न मानेका छैनन ।’

प्रकाशित मिति: : 2019-10-22 13:56:21

प्रतिकृया दिनुहोस्