वुमन्स च्याम्पियन्स लिग: विराटनगरद्वारा काठमाडौंलाई सामान्य लक्ष्य

फाइल तस्बिर

वुमन्स च्याम्पियन्स लिग अन्तर्गत जारी इलिमिनेटरमा विराटनगर टाइटन्सले क्याट क्वीन्स काठमाडौंलाई ६९ रनको सामान्य लक्ष्य दिएको छ।

काठमाडौंकी कप्तान रुविना क्षेत्रीले घातक बलिङ गरेपछि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित १७.३ ओभरमा सवै विकेट गुमाएर ६८ रनमात्रै जोड्न सक्यो।

विराटनगरकी ओपनर सोनु खड्काले ३४ रन जोडिन। यस्तै ज्योती पाण्डेले १२ र आरती विडारीले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन।

काठमाडौंकी रुविनाले ४ ओभरमा ४ रनमात्रै खर्चिएर ४ विकेट लिइन। यस्तै लक्ष्मी साउद, इश्वरी विष्ट र संगीता राईले १–१ विकेट लिइन।

जारी इलिमिनेटरको विजेता टोलीले फाइनलमा बिहीबार हुने फाइनलमा चितवन राइनोजसँग खेल्नेछ।

प्रकाशित मिति: : 2019-10-22 13:16:30

प्रतिकृया दिनुहोस्