आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पायो

फाइल तस्बिर

कांग्रेस सांसद मोहम्मद अफताव आलममाथि अनुसन्धान गर्न प्रहरीले थप ५ दिनको म्याद पाएको छ ।

पहिलो पटक थप गरिएको ७ दिनको समय सकिएपछि रौतहट जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले थप ५ दिनको समय दिएको हो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

पहिलोपटक जिल्ला अदालतमा उपस्थित गराइँदा उनले वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन मानेका थिएनन् । दोस्रो पटक अस्वस्थ भएको भन्दै उनले बयान दिएका थिएनन् । आइतबार तेस्रो पटक उनलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको हो।

प्रकाशित मिति: : 2019-10-20 14:19:53

प्रतिकृया दिनुहोस्