दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेष्ट क्रिकेटमा भारतीय ओपनर ब्याट्सम्यान रोहित शर्माले दोहोरो शतक बनाएका छन् ।
आइबार विहान भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनले दोहोरो शतक पूरा गरेका हुन् । दोहोरो शतक बनाउने क्रममा उनले ३५५ बलमा २८ चौका र ६ छक्का प्रहार गरे ।
टेष्ट क्रिकेटमा रोहितले पाँच शतक बनाएका छन् भने १० अर्धशतक पूरा गरेका छन् ।
जारी खेलमा यसअघि अजिंक्या राहानेले पनि शतक बनाए । उनले ११५ रन बनाउँदै आउट भएका थिए ।राहानेले १९२ बलमा १७ चौका र एक छक्का प्रहार गरेका थिए ।