सरकारले पाँच सीडीओको सरुवा गरेको छ । गृहमन्त्रालयले उनीहरुको सरुवा गरेको प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।
गुम्मीका प्रमुख जिल्ला अधिकारी यादुनाथ पौडेललाई दार्चुला पठाइएको छ । दार्चुलाका प्रजिअ शंकरबाहुर विष्टलाई इलाका प्रशासन कार्यालय चनौटा कपिलबस्तु सरुवा गरिएको छ ।
बर्दियाका प्रमुख जिल्ला आधिकारी रामकुमार कुरुम्वाङलाई स्याङजा सरुवा गरिएको छ । कोशहरी निरौलालाई स्याङजाबाट गुल्मी सरुवा गरेको छ ।
गुम्मीका प्रमुख जिलला अधिकारी यादुनाथ पौडेललाई दार्चुला पठाइएको छ । दार्चुलाका प्रजिअ शंकरबाहुर विष्टलाई इलाका प्रशासन कार्यालय चनौटा कपिलबस्तु सरुवा गरिएको छ ।
प्रेमलाल लामिछानेलाई इप्रका चनौटाबाट बर्दियाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।