भारतको मोतीहारीदेखि नेपालको अमलेखगञ्जसम्म बिछ्याइएको अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको एक महिनामा साढे चार करोड लिटर डिजेल आयात भएको छ ।
नेपाल र भारतका प्रधानमन्त्रीले गत भदौ २४ गते पाइपलाइनको सयुक्त उद्घाटन गरेका थिए । त्यस दिनदेखि २९ असोजसम्ममा चार करोड ६० लाख लिटरभन्दा बढी डिजेट आयात भएको छ ।निगमका अनुसार भण्डारण समस्याले गर्दा हाल पाइपलाइनबाट डिजेल मात्रै आयात गरिन्छ ।
पाइपलाइनबाट आयात भएको डिजेल भैरहवा, पोखरा, थानकोट, विराटनगरलगायत देशभरका निगमको डिपोमा माग भएअनुसार नै उपलब्ध गराइएको निगमले जानकारी दिएको छ ।