पूर्वराजालाई भट्टराईको सुझाव- पद आवश्यक भए हिमानी र पारसलाई लिएर चुनाव लड्नु

फाइल तस्बिर

समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पद आवश्यक भए पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् ।

पार्टीको आयोजनामा बिहीवार सदरमुकाममा भएको चाडवाड लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा बौल्दै उनले पार्टीका लागि नेता कम भए आफ्नै बुहारी हिमानी शाह र छोरा पारसलाई पनि चुनावमा उठाउन सुझाव दिएका हुन्।

‘पूर्वराजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ । जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन,’ उनले भने ।

यसअघि उनले दशैंमा जनता टिका लगाउन गए भन्दैमा राजतन्त्र आउँछ भन्नु गलत भएको बताए ।उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि टिका लगाएको भन्दै टिका लगाउनु ठूलो कुरा भएको बताए ।

उनले राजतन्त्र आवश्यक छैन भनेर गणतन्त्र ल्याएका भन्दै राजतन्त्र फर्कन्छ भनेर शंका गर्नुनपर्ने बताए । ‘कुनै हालतमा आउँदैन, आउन पनि हुँदैन ।’उनले भने 'जातिय र वंशिय आधारमा देश चलाउने दिन समाप्त भए।' 

 

 

प्रकाशित मिति: : 2019-10-17 13:59:36

प्रतिकृया दिनुहोस्