स्थलगत रिपोर्ट
रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ । हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४ को साँझ ६:१५ मा भएको थियो बम विस्फोट ।
१२ वर्षपछि बुधबार अपराह्न नयाँ पत्रिका टिम सो गाउँ पुग्दा सन्नाटा थियो । इलाका प्रहरी कार्यालय राजपुरमा प्रहरी खचाखच थिए । १५ जनाको दरबन्दी भएको कार्यालय ९० जनाको फौजले भरिँदा प्रहरी कार्यालय अस्तव्यस्त थियो ।