थ्री स्टार क्लबले बंगलादेशमा हुने शेख कमल अन्तराष्ट्रिय फुटबल प्रतियोगिता नखेल्ने भएको छ ।
कात्तिक २ देखि २३ गतेसम्म चितागोङमा हुने प्रतियोगित बंगलादेशी फुटबल संघको सहकार्यमा अबहानी लिमिटेडले आयोजना गर्दै आएको छ । आयोजकले प्रतियोगिता खेल्न नेपालबाट दुई ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबलाई प्रस्ताव गरेको थियो ।
मनाङले आफ्ना अधिकांश खेलाडीले राष्ट्रिय टिममा रहेकाले खेल्न नसक्ने बताएको थियो ।थ्री स्टार क्लबका एक जना पदाधिकारीका अनुसार शेख कमल नखेल्ने निर्णय गरेको छ ।प्रतियोगिताको मिति नजिकिदै गर्दा खेलाडी दर्ता र टिम तयारीका बिषयमा आयोजकले कुनै पत्राचार नगरेकाले हात झिकेको उनले बताए ।
यसको औपचारिक जानकारी आयोजक, खेलाडी र प्रशिक्षकलाई भईसकेको छ ।अघिल्लो बर्ष मनाङले प्रतियोगितामा सेमिफाईनलसम्म पुगेका थिए ।