वर्षाका कारण कपिलवस्तुमा ढलेका सीमास्तम्भको मर्मत सम्भार कहिले सुरु हुने भने अन्योल देखिएको छ। सीमास्तम्भ निर्माणका लागि दुईपक्षीय सीमा सर्वेक्षण टोली नखटिएका कारण सीमास्तम्भ मर्मत अन्योलमा परेको हो। गत असार र भदौमा आएको वर्षाले क्षति पुर्याउँदा कपिलवस्तुका २५ सीमास्तम्भ ढलेका र भत्किएका अवस्थामा छन्।
असार २८ गते विजयनगर गाँउपालिका ५ स्थित चिरई खोलामा आएको बाढीले त्यहाँका ४ सिमास्तम्भ ढलेका थिए। त्यसैगरी केहीदिन अघि आएको वर्षामा थप २ वटा सीमा स्तम्भमा क्षतिको पुगेको सशस्त्र प्रहरी बलका एसपी जनक पुरीले जानकारी दिए। सशस्त्र बल र नेपाल प्रहरीले सीमा स्तम्भको निगरानी गर्दै आएको छ।