विश्वकप छनोट २०२२: ताइपेको पोष्टमा अष्ट्रेलियाले गर्‍यो गोलको बर्षा

तस्बिरः एजेन्सी

विश्वकप फुटबल छनोट २०२२ अन्तर्गत अष्ट्रेलियाले तेस्रो खेलमा फराकिलो जित हात पारेको छ ।

मंगलबार भएको समूह बी अन्तरगतको खेलमा अष्ट्रेलियाले चाईनिज ताइपेलाई ७–१ गोल अन्तरले पराजित गरेको हो । अष्ट्रेलियाको जितमा एडम टाग्गर्ट,ज्याक्सन इर्भिने र ह्यारी सुटरले समान २–२ गोल गरे । जामी म्याकलरेनको नाममा एक गोल रह्यो ।ताइपेका लागि एक मात्रै गोल यी वि चेनले फर्काए ।

खेलको १२ औं मिनेटमा नै अष्ट्रेलियाका लागि टाग्गर्टले गोल गरेका थिए । उनले पुनः १९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा अष्ट्रेलियाले खेलमा अग्रता दोब्बर बनायो ।तर खेलको २१ औं मिनेटमा ताइपेका चेनले गोल फर्काए ।

खेलको ३४ औं र ३६ औं मिनेटमा इर्भिने गोल गरे । उनको गोलसँगै खेलमा अष्ट्रेलियाले अग्रता ४–१ बनायो । पहिलो हाफ ४–१ ले पछाडी परेको ताइपले दोस्रो हाफमा थप तीन गोल खायो।

खेलको ७३ र ८८ औं मिनेटमा सुटरले गोल गर्दा अष्ट्रेलियाले अग्रता ७–१ बनायो । यसअघि खेलको ८४ औं मिनेटमा म्याकलरेन गोल गरेका थिए ।

जितसँगै अष्ट्रेलियाले ३ खेलमा ३ जितसहित ९ अंक जोडेको छ । अष्ट्रेलिया शीर्ष स्थानमा छ । तीन खेलमा पराजित ताइपे अंक विहिन रहदै समूहको पुछारमा रहेको छ ।

प्रकाशित मिति: : 2019-10-15 23:22:16

प्रतिकृया दिनुहोस्