मल्लको नेतृत्वमा म खेलाडी भएर मैदानमा खेल्न तयार छु: पारस खड्का (भिडियोसहित)

फाइल तस्बिर

राष्ट्रिय क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएका पारस खड्काले आफ्नो राजीनामा कुनै हालतमा पनि फिर्ता नहुँने बताएका छन् ।

मंगलबार एक कार्यक्रममा पारसले आफूले कप्तानी छोडेपछि राष्ट्रिय टोलीको कप्तानी अब ज्ञानेन्द्र मल्ल बनाउनुपर्ने बताएका छन् । उनले मल्ल अहिले टोलीको सिनियर खेलाडीका हिसाबले भएपनि मल्ललाई कप्तानी दिनुपर्ने बताए । ’अबको एक बर्ष उपकप्तान ज्ञानेन्द्र मल्लले टोलीको नेतृत्व गर्ने छन् ।’उनले भने,'म खेलाडी भएर मैदानमा मल्लको नेतृत्वमा खेल्न तयार छु।’

नेपाल क्रिकेट संघ (क्यान) आईसीसीबाट सशर्त निलम्बन फुकुवा भएको भोलि पल्ट नै राजीनामा घोषणा गरेका खड्काले क्यान नेतृत्वलाई आगामी यात्राका लागि शुभकामना समेत दिए ।

खड्काले एक स्टाटस लेख्दै आफूले कप्तानी छाड्को घोषणा गरेका हुन् ।नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् ।

२००४ मा सिनियर टिमबाट डेब्यू गरेका उनले २००९ मा राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए । उनको कप्तानीमा नेपालले २०१३ मा टी–ट्वान्टी विश्वकप २०१४ मा खेल्यो भने २०१८ मा एकदिवसीय मान्यता पाएको थियो ।

 

प्रकाशित मिति: : 2019-10-15 16:48:30

प्रतिकृया दिनुहोस्