महरालाई तीन दिन हिरासतमा राख्न अदालतले दियो अनुमति (भिडियोसहित)

बिएल

संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई अदातलले १३ दिनको म्याद थप गरेको छ ।

मंगलबार  जिल्ला अदालत, काठमाडौंका न्यायाधीश दीपककुमार दाहालको इजलासले महराविरुद्ध अनुसन्धानका लागि १३ दिन म्याद दिएको हो ।

तर यस म्याद पक्राउ परेको दिनदेखि गनिनेछ । यसअघि शाहीले आफूमाथि बलात्कार प्रयास भएको भन्दै महानगरीय प्रहरी वृत्त वानेश्वरमा किटानी जाहेरी गरेपछि प्रहरीले महरालाई बालुवाटारस्थित सभामुख निवासबाटै असोज १९ गते पक्राउ गरेको थियो ।तर,अदालत बन्द भएकाले आज म्याद थपका लागि उपस्थित गराइएको हो ।

अब महरालाई ३ दिनपछि पुनः अदालतमा हाजिरी गर्नु पर्नेछन् ।

महराले असोज १२ गते शाहीमाथि बलात्कार गरेको भन्दै हाम्रा कुरा डटकमले असोज १४ गते खुलासा गरेको थियो । अहिले महराको सांसद पद समेत निलम्बनमा परेको छ ।

प्रकाशित मिति: : 2019-10-15 16:46:36

प्रतिकृया दिनुहोस्