विश्व क्लब वरियतामा बार्सिलोना पहिलो नम्बरमा, पीएसजी भने २६ औं स्थानमा पुग्यो

तस्बिरः एजेन्सी

विश्व फुटबलको क्लब वरियतामा स्पेनिस क्लब बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ ।

क्लब वर्ल्ड र्याङकिङ डटकमले  सोमबार सार्वजनिक गरेकोनयाँ वरियतामा बार्सिलोनाले १५५९२ अकं पाएको छ । यस्तै इंग्लिस क्लब लिभरपुल वरियताको दोस्रो स्थानमा उक्लिएको छ ।उसले १३१७४ अंक पाएको छ ।

अर्जेन्टिनाको रिभर प्लेट १२९५१ अकं पाउदै तेस्रो स्थानमा रहेको छ भने १२७९१ अकं पाएको इंग्लिस क्लब म्यानचेस्टर सिटी चौंथो स्थानमा झरेको छ । स्पेनिस क्लब भ्यालेन्सिया पाँचौं स्थानमा छ ।

स्पेनकै रियल मड्रिड छैटौं, अर्जेन्टिनाको बोका जुनियर्स सातौं, ब्राजिलको एथ्लेटिको पारानेन्सा आठौं, ब्राजिलकै पाल्मेरिस नवौं र इंग्ल्याण्डको चेल्सी दशौँ स्थानमा छ ।

वरियतामा आर्सनल ११ औं स्थानमा रहदा इटालियन क्लब युभेन्ट्स १९ औं र वायर्न म्युनिख १३ औं स्थानमा छ । फ्रेन्च क्लब पीएसजी २६ औं स्थानमा रहदा म्यानचेस्टर युनाइटेड ४६ औं स्थानमा छ ।

प्रकाशित मिति: : 2019-10-14 15:10:10

प्रतिकृया दिनुहोस्