नेपाल तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिप अन्तरगतको अन्तिम खेलमा भुटानसँग बराबरीमा रोकिएको छ ।
आइतबार भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको लिग चरणको अन्तिम खेलमा नेपाललाई घरेलु टोली भुटानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।५० औ मिनेटमा निकिता थोकरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिईन् ।
६७ औ मिनेटमा घरेलु टोलीका लागि डेकी लाजोमले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिईन् ।
नेपाल पहिलो खेलमा भारतलाई ४–१ र दोस्रो खेलमा बंगलादेशलाई २–१ को नतिजा नेपालले सुम्पिएको थियो ।
नेपाल र भुटान प्रतियोगिताबाट बाहिरिएसँगै भारत र बंगलादेशले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने तय भएको छ ।प्रतियोगिताको पहिलो संस्करणको उपाधि बंगलादेश र दोस्रो संस्करणको उपाधि भारतले जितेको थियो ।