चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणमा विरोध प्रदर्शन गर्ने आशंकामा पक्राउ परेकी समाजवादी पार्टीकी नेतृ सुनिता साहको बारेमा महिला मानव अधिकार रक्षक संजाल सप्तरीले जानकारी लिएको छ ।
आइतबार अनिता देवकोटाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका संजालले साहको बारेमा जानकारी लिएको हो । मुदा फाँटका प्रहरी निरीक्षक (इन्सपेक्ट) सन्तोष कुमार खड्काले दिएका अनुसार चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमण आएको बेला प्रदर्शन गर्दा उनीसहित १० जना पक्राउ परेका थिए । तरपछि उनीहरुलाई रिहा गरिएको थियो ।
राष्ट्रपति सीको भ्रमणमा पुनः प्रदर्शन गर्न सक्ने आशंकामा कमलपोखरी प्रहरी वृतको आदेशमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सुनितालाई आफ्नै निवासबाट पक्राउ गरेको थियो ।प्रहरी निरीक्षक खड्का अनुसार २४ गते अदालतमा हाजिरी गराई उनलाई २६ गते बिहानै स्थल मार्गबाट काठमाडौं लगिएको छ ।
प्रहरीका अनुसार सुनिताले आफ्ना फेसबुकमार्फत पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणको विरोध गरेकी छिन् । पक्राउ पर्नु तीन घण्टाअघि पनि विभिन्न न्युजहरु सेयर गर्दै भ्रमणको विरोध गरेकी छिन् ।