बलिउडका सुपरस्टार अभिनेता अमिताभ बच्चन शुक्रबार आफ्नो ७६औं जन्मोत्सव मनाएका छन् । सन् १९४२ अक्टोबर ११ मा भारतको अलाहाबादमा जन्मेका बच्चन शुक्रबारबाट ७७ बर्षमा प्रबेश गरेका हुन् । उनि आफ्नो अभिनय क्षमताका कारण चर्चित छन् ।
बच्चनलाई सन् १९७२–७३ तिरका फिल्महरु ‘बम्बे टु गोवा’, ‘आनन्द’ र ‘जञ्जिर’ले सफलता बलिउडको सुपरस्टार बनायो । ‘कौन बनेका करोडपति’ कार्यक्रमले पनि उनलाई थप चर्चामा ल्याएको छ ।
उनका पिता हरिवंश राय बच्चन पनि हिन्दी साहित्यका चर्चित कवि हुन् ।