‘नेपाली फुटबलले सपना देख्‍न थाल्नेछ’

अस्ट्रेलिया पछिल्लो समय विश्वकपमा नियमित सहभागी टिम हो। तीन वर्षपछि कतारमा विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हुँदा कम्तीमा नकआउट चरण पुग्‍नु अस्ट्रेलियाको लक्ष्य हो, १६ वर्षअघि जर्मनीमा जस्तै।

त्यसैको लागि अस्ट्रेलियाले फुटबलमा ठूलो लगानी गरिरहेको छ। युरोपबाट शीर्ष डिभिजनको फुटबल खेल्ने १० खेलाडी छन्। आफ्नै घरेलु ‘ए’ लिगलाई पनि अस्ट्रेलियाले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक बनाएको छ। कुनै बेला थियो, विश्वकपमा अस्ट्रेलियाको उपस्थिति नियमित थिएन। तर, ३२ वर्षपछि २००६ को विश्वकपलाई छानिएपछि त्यही वर्ष नियमित विश्व फुटबलको सबभन्दा ठूलो मेलामा नियमित उपस्थिति जनाउने अस्ट्रेलियाको उपायलाई एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा)ले मान्यता दियो। अर्थात एसियाली देश नभए पनि एएफसीको सदस्यताका लागि अस्ट्रेलियाको आवेदन स्वीकृत भयो।

प्रकाशित मिति: : 2019-10-09 21:08:26

प्रतिकृया दिनुहोस्