त्रिकोणात्मक सिरिजमा नेपालले दोस्रो स्थानमै चित्त बुझायो

फाइल तस्बिर

सिंगापुरमा भएको नेपाल, जिम्बाब्वे र सिंगापुरबीचको त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जिम्बाब्वेले जितेको छ । बिहीबार भएको खेलमा आयोजक सिंगापुरलाई ८ विकेटले हराउँदै जिम्बाब्वेले उपाधि जितेको हो ।

जिम्बाब्वेले टस जितेर बलिङ रोपेपछि पहिले ब्याटिङमा उत्रिएको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । १६८ रनको लक्ष्य जिम्बाब्वेले १८।४ ओभरमा २ विकेट गुमाएर पूरा गरी नित निकाल्यो । जिम्बाब्वेका पिटर मुरले ६० बलमा ९२ रनको इनिङ खेल्दै टोलीलाई सहज जित दिलाएका थिए ।

६ अंक बनाएको जिम्बाब्वेले उपाधि जित्दा नेपाल दोस्रो भयो सिंगापुर र नेपालको समान ३–३ अंक भए पनि रनरेटमा नेपाल अघि रह्यो । सिंगापुरको त्रिकोणात्मक सिरिजपछि ओमानमा ५ देशबीच हुने टी–२० सिरिजका लागि नेपाली टोली ओमान प्रस्थान गरेको छ ।

ओमानमा शनिबारबाट सुरु हुने टी–२० सिरजिमा नेपालसहित ओमान, आयरल्याण्ड, नेदरल्याण्ड र हङकङ सहभागी हुनेछन् ।


नेपाली टोली

कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललितनारायण राजवंशी,पवन शर्राफ, सन्दीप लामिछाने, सन्दीप जोरा, अभिनास वोहरा, कुशल मल्ल, इशान पाण्डे, रोहित पौडेल, आशिफ शेख रहेका छन्।

ओमान टी–२० सिरिजका खेल

५ अक्टुबर : ओमान–हङकङ, आयरल्याण्ड–नेदरल्याण्ड
६ अक्टुबर : ओमान–आयरल्याण्ड, नेपाल– हङकङ
७ अक्टुबर : नेपाल–नेदरल्याण्ड, हङकङ–आयरल्याण्ड
९अक्टुबर : आयरल्याण्ड–नेपाल, ओमान–नेदरल्याण्ड
१० अक्टुबर : हङकङ–नेदरल्याण्ड, नेपाल–ओमान

 

प्रकाशित मिति: : 2019-10-04 11:30:21

प्रतिकृया दिनुहोस्