संसारकै सुन्दर गन्तव्य भुजुङ

तस्बिरः बिएल

पर्यटकीय गाउँ भुजुङलाई आकर्षक पर्यटन गन्तव्यका रुपमा विकास गरिने भएको छ। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले असोज १३ गते सुरु भएको महोत्सवमा यस्तो जानकारी दिइएको थियो ।

महोत्सवका संयोजक तुलबहादुर गुरुङले भुजुङ संसारकै सुन्दर गन्तव्य भएको बताए । तीन दिनसम्म चलेको महोत्सव १५ गते समापन गरिएको थियो । 

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेको महोत्सवमा लोकसंस्कृति, लोकल परिकार र पर्यटकीय सम्पदाको प्रदर्शन र प्रस्तुति गरिएको थियो । कार्यक्रममा स्थानीय लालीगुराँस युवा क्लब र राष्ट्रियस्तरका कलाकारले प्रस्तुति दिएका थिए ।

क्होंलासोथर गाउँपालिका वडा नं ४ को एउटै वडामा झुरुप्प बसेको भुजुङ सुन्दर गुरुङ बस्ती हो । त्यहाँ होमस्टे र होटल गरि २२ वटा छन् । लमजुङको सदरमुकाम बेशिसहरबाट ३२ किमिमा भुजुङ पुगिन्छ ।

प्रकाशित मिति: : 2019-10-03 18:03:35

प्रतिकृया दिनुहोस्