धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको चौथो संस्करण आगामी फागुन ३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ ।
धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघको समन्वयनमा आगामी फागुनमा प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगितामा ६ शहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहनेछ ।सिटी बेस फ्रेन्चाइज क्रिकेटको अवधारणाको साथ पहिलो संस्करणबाट देशमा आफ्नो छुट्टै पहिचान बनाएको डीपीएल यो पटक झनै भव्य बनाउने आयोजकले जानकारी दिएको छ ।
गत वर्षको संस्करण सिवाइसी अत्तरियाले जितेको थियो । अत्तरियाले ३० लाख रकम हात पारेको थियो ।