दशैंको बेलामा पनि मनसुनी वायुले आकाश छाडेन !

सांकेतिक तस्बिर

सामान्यतया अक्टोबर २३ तारिखदेखि नै नेपालमा मनसुनी अवधि सकिने भए पनि मनसुनी वायुले आकाश छाडेको छैन । अहिले पनि बादल मडारिएको छ, मेघ गर्जिएको छ । मनसुनी अवधि सकिए पनि नेपालबाट मनसुन नहटेकाले अझै मनसुनी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार वर्षाको सम्भावना नभए पनि दशैँ अवधिभर मौसम समामान्यतया बदली नै रहने महाशाखाको पूर्वानुमान रहेको छ । तत्काल मनसुन हट्ने संकेत छैन तर दशैँमा ठूलो वर्षा हुने सम्भावना पनि छैन', मौसमविद् वरुण पौडेलले भने ।

केही दिन अघि सक्रिय भएको मनसुनी गतिविमिा विस्तारै सुधार भइरहेको छ । मनसुन बाहिरिने समयमा पश्चिमी चिसो वायुको प्रभाव कायम रहन्छ । तर अहिले मनसुनी वायु नै सक्रिय छ ।

मौसमविद् पौडेलका अनुसार दशैँमा पनि छिटफुट वर्षाको सम्भावना कायमै रहन्छ । तर, दशैँको टीकासम्मै ठूलो वर्षाको भने सम्भावना छैन । केही समय क्षणिक वर्षा भए पनि तत्काल नै मौसम सफा भइहाल्ने महाशाखाको अनुमान छ ।

अहिले काठमाण्डौ उपत्यकासहित पूर्वी र मध्य क्षेत्रको आकाशमा सामान्य बादल लागेको छ । बिहीबार दिउँसो र बेलूकीतिर हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ तीन दिनको मौसम

असोज १६ गते (बिहिबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि र पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भुभागका थोरै साथै पश्चिमका १ वा २ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।


असोज १७ गते (शुक्रबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

असोज १८ गते (शनिबार )

दिउँसो: देशभरि आंसिक देखि सामान्य बदलि रहि पुर्वी भुभाग लगायत मध्य पहाडी भुभागका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राती: देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। । पश्चिमी भुभागमा आंसिक बदली रहनेछ।

प्रकाशित मिति: : 2019-10-03 13:09:33

प्रतिकृया दिनुहोस्