मदिरा उत्पादन गर्ने ट्यांकीमा डुबेर एकै परिवारका पाँचजनाको मृत्यु

तस्बिरः बिएल

बाराको फेटा गाउँपालिका वडा नम्बर ४ बतरामा अबैध घरेलु मदिरा उत्पादन गर्ने ट्यांकीमा डुबेर एकै परिवारका ५ जनाको मृत्यु भएको छ । मर्ने एकै परिवारका ४० वर्षीय जोगा मुखिया बिन, उनकी पत्नी ३८ वर्षीया लालमुनी देवी, १० वर्षीया छोरी सुमनी कुमारी, जोगाका भाइ अन्दाजी ३५ वर्षीय महेन्द्र मुखिया बिन रहेका  छन् । घटनामा एकजना भारतीय आफन्त कामदारको पनि ज्यान गएको जनाइएको छ । 

बुधबार बेलुकी करिब ८ बजे भएको घटनामा मर्नेहरू अक्सिजनको कमीले गर्दा निसासिएर मरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । 

४–५ फिट गहिरो जमिनमा मदिरा उत्पादन गर्नका लागि बनाइएको मदिराको ट्याङ्कीमा डुबेर हो कि, अन्य कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भईरहेको बाराका प्रहरी उपरीक्षक विकास राज खनालले बताए ।

अहिले शवलाई पोष्टमार्टमका लागि बाराको कलैया अस्पतालमा राखी अनुसन्धान भैरहेको उनले बताए । 

प्रकाशित मिति: : 2019-10-03 07:04:20

प्रतिकृया दिनुहोस्