१ सय ४१ बर्षपछि सरकारले हुलाक सेवा विभागको भवन बनाउदै

फाइल तस्बिर

सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ । मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो ।

बुधबार काठमाडौंको डिल्लीबजारमा निर्माण गरिएको गोश्वारा हुलाक कार्यालय भवनको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भवन आगामी वर्ष सम्पन्न हुने गरी बनाउने तयारी गरिएको जानकारी दिए ।

मन्त्री बास्कोटाले सेवाग्राहीहरुको सेवालाई ध्यानमा राखेर कार्य सम्पादन गर्न पनि कर्मचारीलाई सचेत गराए । हुलाक कार्यलय १ सय ४१ वर्षदेखि भाडामा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति: : 2019-10-02 17:35:36

प्रतिकृया दिनुहोस्