सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत जिम्बावेविरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
सिंगापुरको इन्डियन एसोसियशन मैदानमा मंगलबार भएको खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो। १६१ रनमा लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्रै बनाउन सक्यो ।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए । यस्तै आरिफ शेखले २५ रन बनाए । अन्य नेपाली खेलाडीले भने सम्झन लायक रन बनाउन सकेन्न।
जिम्बावेका सेन विलियम्सले ३ तथा टिनोटेण्डा मुटोमबोड्जीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनायो ।
जिम्बवेका लागि सिन विलियम्सको ५३ रन बनाए । उनले उनले ३५ बलमा ४ चौका र ३ छक्काको मद्दतले ५३ रन बनाएका हुन् । यस्तै रायन ब्रुलले अविजित २८ तथा पिटर मुरले २१ रन बनाए । टिनोटेण्डा मुटोमबोड्जीले २० रन जोडे । भने पिटर मुरले २१, तिनोटेन्डा मुतुम्बोजीले २० र रायन बर्लले अविजित २८ रन बनाए।
बलिङतर्फ नेपालका बलर सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई दुई विकेट लिए भने पारस खड्का र अविनाश बोहोराले एक एक विकेट लिए ।
यो जितसँगै जिम्बावे सिरिजको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जिम्बावेले ३ खेलमा ४ अंक जोडेको छ ।३ खेलमा २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । हारसँगै नेपालको सिरिजको उपाधि जित्ने सम्भावना समेत न्यून भएको छ ।सिरिज अन्तर्गत नै शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
अब नेपालले सिंगापुरसँग बुधबार अन्तिम खेल खेल्नेछ । यस्तै जिम्बावेले अन्तिम खेलमा बिहिबार सिंगापुरको सामना गर्नेछ ।