च्याम्पियन्स लिग: युभेन्ट्सले लिभरकुसेनसँग प्रतिस्पर्धा गर्दै

तस्बिरः एजेन्सी

युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इटालियन क्लब युभेन्ट्सले आज (मंगलबार) बायर लिभरकुसेनसँग प्रतिस्पर्धा गर्दैछ ।

इटालियन च्याम्पियन युभेन्ट्सको घरेलु मैदानमै हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।समूह डी मा रहेको युभेन्ट्सले पहिलो खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग २–२ गोलको बराबरी खेलेको थियो ।

लिभरकुसेन भने पहिलो खेलमा रुसी क्लब लोकमोटिभ मस्कोसँग २–१ ले पराजित भएको थियो।

यस समूहमा १ अंक जोडेको युभेन्ट्स तेस्रो स्थानमा छ । यता लिभरकुसेन भने अंक बिहिन छ ।

प्रकाशित मिति: : 2019-10-01 14:51:06

प्रतिकृया दिनुहोस्