पर्वतको बिहादी गाउँपालिकामा गाई काटेको अभियोग लागेका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वतको महाशिला गाउँपालिका–२ भोक्सिङ घरभइ बिहादी गाउँपालिका–१ बाच्छामा बस्दै आएका कुमार बिन्दास भन्ने विजय नेपाली रहेका छन् ।
नेपालीले गएको जेठ २७ गते बाच्छाका गम्भीर सिंह गुरुङको गोठमा बाँधी राखेको गाईलाई घरेलु हतियार प्रयोग गरेर वध गरेका थिए । उनी हत्यापछि फरार थिए। उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखराको शहीदचोकमा सडकमा हिँडिरहेको अवस्थामा पोखराको शहीद चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
फरार प्रतिबादी नेपालीलाई पर्वत जिल्ला अदालतले २ लाख धरौटी माग गरेकोमा धरौटी रकम बुझाउन नसकेपछि पूर्पक्षको लागि कारागार चलान गरिएको छ।