साफ यू–१८ च्याम्पियनपसिपको उपाधि भारतले जित्यो

बिएल

साफ यू–१८ च्याम्पियनपसिप फुटबलको उपाधि भारतले जितेको छ ।

आइतबार सशस्त्र प्रहरीको खेल मैदान हलचोकमा भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले हराउँदै भारत च्याम्पियन बनेको हो ।

भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल गरे । तर भारतको त्यो अग्रतालाई ४० औँ मिनेटमा बंगलादेशका यसिनले गोल गर्दै बराबरीमा पुर्‍याए ।

पहिलो हाफमा दुवै टिमले १-१ गोल गर्दा बंगलादेशका खेलाडीले दुई वटा रेड कार्ड र भारतका एक जना खेलाडीले एउटा रेड कार्ड पाए। दोस्रो हाफको ९१ औँ मिनेटमा भारतका रवि बहादुर रानाले टिमका लागि निर्णायक गोल गरे । बंगलादेशले गोल फर्काउन नसक्दा भारत विजेता बन्यो ।

योसँगै यू-१८ साफमा भारत नयाँ च्याम्पियन राष्ट्र बनेको छ । यसअघिको दुई संस्करण नेपालले जितेको थियो ।

च्याम्पियनसिपमा माल्दिभ्स तेस्रो भयो । आइतबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्सले भुटानलाई १-० ले हराएको थियो ।

प्रकाशित मिति: : 2019-09-29 16:55:32

प्रतिकृया दिनुहोस्