जर्मन लिग बुन्डेसलिगामा बार्यन म्यूनिखले कठिन जित निकालेको छ ।
शनिबार राति भएको लिगको छैटौं खेलमा बार्यनले पाडरबर्न उसैको मैदानमा २–३ पराजित गरेको हो । बार्यनको जितमा फिलिपे कोउटिन्हो, सेर्गी ग्यान्ब्री र रोवर्ट लेवान्डोस्कीले समान एक उक गोल गरे ।
बार्यनका लागि खेलको १५औं मिनेटमा ग्यान्ब्रीले पहिलो गोल गरेका थिए । सो गोलका कोउटिन्होले असिस्ट गरेका थिए । सोही गोलको मदतमा बार्यनले पहिलो हाफमा ०–१ को अग्रता लियो । त्यसपछि दोस्रो हाफमा दुवै पक्षबाट गरी ४ गोल भए । खेलको ५५औं कोउटिन्होले बार्यनका लागि गोल गर्दै २–० को अग्रता दिलाए।
खेलको ६८औं मिनेटमा घरेलु टोलीका लागि प्रोगरले गोल गर्दै गोलअन्तर १–२ मा झारे । तर ७९औं मिनेमा बार्यनका लागि लेवान्डोस्कीले गोल गर्दै बार्यनको अग्रता ०–३ मा पुर्याए । खेलको ८४औं मिनेटमा पाडरबर्नका लागि जामिलु कोलिन्सले गोल गरे ।उनको गोलसँगै अग्रता २–३ मा पुग्यो । तर बाँकी समय हुनै गोल हुन नसक्दा खेल बार्यनले २–३ ले जित्यो ।
यो जितसँगै बार्यन ६ खेलबाट १४ अंक बनाएर लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको लेपेइजिगको १३ अंक रहेको छ ।