इंग्लिस प्रियिमर लिगमा चेल्सीले सहज जित निकालेको छ ।शनिबार राति भएको खेलमा चेल्सीले ब्राइटनलाई २–० गोल अन्तरले हराएको हो ।
चेल्सीको जितमा जोर्गीन्हो र विलियनले समान एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलको चेल्सीले दुबै गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ५० औं मिनेटमा जोर्गीन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७६ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।बाँकी समयमा कुनै गोल नहुँदा चेल्सीले स्पष्ट तीन अंक जोड्यो ।
जितसँगै चेल्सीले ७ खेलबाट ११ अंक जोडेको छ । उ अंक तालिकाको छैठौं स्थानमा रहेको छ । पराजित ब्राइटन भने ६ अंकको साथ १६ र्आं स्थानमा रहेको छ ।
लिग अन्तर्गत अर्को खेलमा १० खेलाडीमा सिमित टोटेनहमले साउथह्याम्पटनलाई २-१ ले हराएको छ । खेलको ३१ औं मिनेटमा सेर्गीले दोहरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा टोटेनहम १० खेलाडीमा सिमित बनेको थियो ।
जितसँगै चौंथो स्थानको ७ टोटेनहमले ११ अंक जोडेको छ ।
लिग अन्तर्गत नै वुल्भ्सले वाट्फोर्डलाई २-० र क्रिस्टल प्यालेसले नर्विचलाई २-० ले हराएको छ । एस्टन भिल्ला र बर्नली तथा बर्नेमाउथ र वेस्ट ह्यामले २(२ गोलको बराबरी खेलेका छन् ।