१८ किलो चाँदीसहित जनकपुरधामबाट एक युवक पक्राउ

सांकेतिक तस्बिर

सशस्त्र प्रहरीको टोलीले १८ किलो चाँदीसहित जनकपुरधामबाट एक युवकलाई पक्राउ गरेको छ ।

चेकजाँचका क्रममा जनकपुरधाम उप–महानगरपालिका २२ स्थित बासबिट्टीबाट शुक्रबार महोत्तरीको पिपरा गाउँपालिका ५ सहरबा निवासी भरतकुमार साहलाई १८ किलो चाँदीसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बेस क्याम्प मुजेलियाले जनाएको छ ।

 ज.७प ५७७१ नम्बरको मोटरसाइकलमा भारततर्फ जाँदै गरेका ३० बर्षीय साहको साथबाट उक्त चाँदी बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । १३ लाख ५० हजार रुपैयाँ बराबरको उक्त चाँदीलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: : 2019-09-27 18:09:37

प्रतिकृया दिनुहोस्