सरकारले एसिड आक्रमणमा परेकाहरूलाई उपचार गर्न खर्च उपलब्ध गराउने निर्णय गरेको छ।
असोज ७ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै सरकार प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले तीन लाख रुपैयाँ उपचार खर्च सरकारले दिने निर्णय भएको जानकारी दिए।