बलिउडमा लामो समयदेखि सक्रिय रहेका नायक अमिताभ बच्चनलाई भारतकै प्रतिष्ठित ‘दादासाहेब फाल्के अवार्ड’बाट सम्मानित गरिने भएको छ ।
भारतका सूचना तथा प्रशारण मन्त्री प्रकाश जावडेकरले ट्विटरबाट यो कुराको जानकारी गराएका छन् । भारतीय चलचित्रको विकास र वृद्धीमा उल्लेखनिय भूमिका खेलेको भन्दै उनलाई यो अवार्ड प्रदान गर्न लागिएको मन्त्री प्रकाश जाभादेवकरले बताएका छन् ।
उनले लेखेका छन्–‘दुइवटा जेनेरेनशालाई लामो समयदेखि मनोरञ्जनको दुनियाँबाट प्रभावित बनाउँदै आएका बरिष्ठ कलाकार अमिताभ बच्चनलाई दादासाहेब फाल्के अवार्ड प्रदान गर्न लागिएको छ । यो खबरले भारतीय जनता र विश्व समुदाय नै खुशी छ ।’
यो अवार्डको घोषणा भएसँगै अमिताभलाई बलिउडका कलाकारले बधाई दिइरहेका छन् । तर, अमिताभ आफैले पनि यो खुशी रोक्न सकेनन् । ट्विट गर्दै उनले भनेका छन्–‘मलाई तपाइहरु सबैलाई धन्यवाद दिनका लागि शब्द नै मिलिरहेको छैन ।’
दश लाख नगद पुरस्कार र गोल्डेन लोटससहित यो अवार्ड प्रदान गरिन्छ ।