आगामी वर्षको ईदमा सलमान खान र अक्षय कुमारको वक्सअफिस भिडन्त पक्का भएको छ।
ईदको यस मितिमा अक्षय कुमारले आफ्नो आगामी सिनेमा लक्ष्मी बम रिलिज हुने घोषणा गरिसकेका छन्।सलमानले यस मितिमा किक २ ल्याउने अनुमान लगाईंदै आइएको छ।
यसअघि ईदमा सलमानको आलियासँग जोडी बाँधिएको इंशाअल्लाहु ईदमा रिलिज हुने जनाइएको थियो तर सुटिङमा जानु ठीक दुई दिन अगाडि सलमानले सिनेमाबाट हात झिकेपछि ईदको मिति सलमानको सिनेमाबिहिन हुने अन्दाज लगाइंदै आइएको थियो।