नेपाली सेनामा 'जरसा'व' भए माओवादी सेनाका डिभिजन कमाण्डर !

कुनै बेलाका दुश्मन, आजका मित्र : नेपाली सेनाको अधिकृतका रूमा फुली लगाउँदै यम बहादुर अधिकारी ।फाइल तस्बिर : नेपाली सेना।

सेना समायोजनको बेला नेपाली सेनामा प्रवेश गरेका यमबहादुर अधिकारी बढुवा भएर सहायक रथि भएका छन् । तत्कालिन माओवादी जनमुक्ति सेनामा डिभिजन कमाण्डर रहेका उनलाई नेपाली सेनाको सिफारिसमा सरकारले बढुवा गरेको हो ।

उपसेनानीका रूपमा नेपाली सेनामा प्रवेश गरेका अधिकारी नियमित बढुवा प्रक्रियाबाट बढुवा हुँदै महासेनानी भएका थिए । तर, यसपटक भने चार वर्षका लागि विशेष पद सिर्जना गरेर उनलाई बढुवा गरिएको हो । उनले सहायक रथिका लागि आवश्यक पर्ने  ‘हाइयर कमान्ड कोर्स’ पूरा नगरेका कारण विशेष पद सिर्जना गर्नुपरेको नेपाली सेनाले जनाएको छ । उनको चार वर्षे पदावधि सकिएपछि यो विशेष पद पनि स्वत: खारेज हुने बताइएको छ ।

यो बढुवासँगै अधिकारी तत्कालीन जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएकामध्ये सबभन्दा माथिल्लो दर्जामा पुग्ने पहिलो व्यक्ति भएका छन् । 

यो पनि हेर्नुहोस् 
वृद्धाश्रममा बसेकी एक उपसचिवको कथाः
सहायक रथि नेपाली सेनाको चौथो उच्च ओहोदा हो । यो पदभन्दा माथि तीन ओहोदा उपरथि, रथि र महारथि मात्र हुन्छन् ।नेपाली सेनाका महारथि नै प्रधान सेनापति हुन्छन् । 

सेना समायोजनको बेला अधिकारीसहित ६६ जना पूर्वमाओवादी जनमुक्ति सेना नेपाली सेनामा उपसेनानीका रूपमा प्रवेश गरेर तालिम पूरा गरेका थिए। तालिम पूरा हुने बित्तिकै उनीहरूलाई माथिल्लो पद दिइएको थियो । त्यतिबेला प्रवेश गर्नेमा ६२ पुरूष र चार महिना जनमुक्ति सेना थिए ।

६६ अधिकृतकाअ अतिरिक्त १३५२ अन्य पदमा पूर्वमाओवादी जनमुक्ति सेनाको समायोजन भएको थियो । उनीहरूमध्ये अधिकांश पूर्वमाओवादी जनमुक्ति सेना अहिले पनि नेपाली सेनाका विभिन्न पदमा रहेर सेवा गरिरहेका छन् । 

 

 

प्रकाशित मिति: : 2019-09-20 04:08:34

प्रतिकृया दिनुहोस्