अफगानिस्तानका दुई शरहमा आत्मघाती आक्रमण, ४८ जना मारिए

फाइल तस्बिर

अफगानिस्तानका दुई शरहमा भएको आत्मघाती आक्रमणमा कम्तिमा ४८ जना मारिएका छन् । आक्रमणमा घाइते हुनेको संख्या ४० रहेको अधिकारीले जनाएका छन् ।

दुई मध्य एउटा आक्रमण राष्ट्रपति अशरफ घानीको ¥यालीमै भएको थियो । मंगलबारको पहिलो विस्फोट मोटरसाइकलमा सवार आत्मघाती हमलावरले गराएका थिए । आक्रमणबाट घानीलाई कुनै चोटपटक नलागेको र उनी सुरक्षित भएको खबर छ ।

घानीले परवान प्रदेशको राजधानी चारिकारमा सम्बोधन गर्ने कार्यक्रम थियो । तर आक्रमणपछि कार्यक्रम बिथोलियो । गृह मन्त्रालयका प्रवक्ता नस्रत रहिमीका अनुसार घानीको ¥यालीमा मर्नेमध्य चार जना सेना पनि छन् । परवन अस्पतालका प्रमुख अब्दूल कसिम संगिनले मर्नेमा बालबालिका पनि रहेको र मृतकको संख्या बढ्न सक्ने चिन्त व्यक्त गरे ।आक्रमणको जिम्मा तालिवानले लिएको छ ।

काबुलमा दोस्रो विस्फोट

चारिकारमा विस्फोट भएको एक घण्टापछि रक्षा मन्त्रालय, अमेरिकी दुतावास र नाटोको मुख्यालय रहेको काबुलको ग्रिन जोन क्षेत्रमा दोस्रो विस्फोट भएको थियो । काबुलको विस्फोटमा २२ मारिएको र ३८ घाइते भएको गृहमन्त्रालयका प्रवक्ताले जानकारी दिए ।

राजधानीमा भएको उक्त विस्फोटको जिम्मा पनि तालिवानले लिएको छ र यो पनि आत्मघाती विस्फोटनै भएको उसले दावी गरेको छ । अफगानिस्तानमा सन् २०१६ जनवरी यतामात्रै २५६ वटा आक्रमण भएकोमा त्यसबाट ३९३२ मारिसकेका छन् । यो वर्षको सेप्टेम्बर महिनामा मात्र ६० मारिएका छन् ।

प्रकाशित मिति: : 2019-09-18 12:22:45

प्रतिकृया दिनुहोस्