क्यानडाले विद्यार्थी भिसा अस्विकृत गर्ने देशको सूचीमा नेपाल पाँचौ स्थानमा पुगेको छ ।
इमिग्रेसन, रेफ्युजी र सिटिजन क्यानडा (आईआरसीसी)ले जनाएअनुसार सन् २०१९ को जनवरी १ देखि मे ३१ सम्ममा ७९ प्रतिशत नेपाली विद्यार्थीको भिसा आवेदन अस्विकृत भएको छ ।
यसअघि सन् २०१८ मा ७४ प्रतिशत नेपाली विद्यार्थीको क्यानडाको विद्यार्थी भिसा अस्वीकृत भएको थियो । गत वर्षको तुलनामा यस वर्षको पहिलो ६ महिनामा क्यानडाको भिसा नपाउँने विद्यार्थीको संख्यामा ५ प्रतिशतले बढोत्तरी भएको छ ।
आईआरसीसीले भिसा अस्विकृत हुने २५ देशको सूची सार्वजनिक गरेको छ । त्यसमा नेपाललगायत चार दक्षिण एसियाली मुलुक समावस छन् । सूचीअनुसार त्यस अवधिका भारतका ३६ प्रतिशत, बंगलादेशका ६७ प्रतिशत र पाकिस्तानका ८१ प्रतिशत विद्यार्थीको भिसा अस्वीकृत भएको छ ।
गजवको कुरा त के छ भने यही अवधिमा १४ प्रतिशत अमेरिकी विद्यार्थीले पनि क्यानडामा अध्ययनका लागि दिएको विद्यार्थी भिसाको आवेदन अस्विकृत भएको छ ।
यो पनि हेर्नुहोस्
हिलारीपथमा हिमालपुत्री: क्यानडाबाट खुम्बुको सेवा
एसियाली मुलुक जापान र दक्षिण कोरियाका भने ४ प्रतिशत विद्यार्थीको मात्र भिसा अस्वीकृत भएको पाइन्छ । यसैगरी यही अवधिमा चीनका १५ प्रतिशत, ताइवानका १० प्रतिशत र फिलिपिन्सका ४० प्रतिशत विद्यार्थीको भिसा अस्वीकृत भएको छ ।
सूचीमा सबैभन्दा बढी विद्यार्थी भिसा अस्वीकृत हुने मुलुकमा अफिक्री महादेशकाक्यामरुन, नाइजेरिया र अल्जेरिया रहेका छन् ।
गजवको कुरा त के छ भने यही अवधिमा १४ प्रतिशत अमेरिकी विद्यार्थीले पनि क्यानडामा अध्ययनका लागि दिएको विद्यार्थी भिसाको आवेदन अस्विकृत भएको छ ।