सर्वोच्चले सुमार्गीको कम्पनीलाई भन्यो– कानुन बमोजिम कारबाही र परिणाम व्यहोर्नु स्वभाविक

र्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको समेत स्वामित्व रहेको नेपाल स्याटेलाटइ कम्पनीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्क बापतको बक्यौदा नतिरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीको लाइसेन्स नै खारेजी गरेको थियो । यससम्वन्धमा सुमार्गी पक्षले सर्वोच्चमा रिट दायर गरी अन्तरिम आदेश माग गरेका थिए । तर, सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी गर्नु मनासिव नदेखिएको’ भन्दै अस्वीकार गरे । 

प्रकाशित मिति: : 2019-09-15 19:19:56

प्रतिकृया दिनुहोस्