गृहमन्त्री थापाको बोली ‘चिप्लिँदा’ संसदमा दुःख

बाँकेमा कांग्रेस कार्यकर्ता कुटपिट प्रकरणमा गृहमन्त्री रामबहादुर थापाको बोली ‘चिप्लिँदा’ प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक चल्न दिएन।

बाँके कांग्रेस सभापति किरण कोइरालामाथि भएको आक्रमणबारे कांग्रेसले मागेको जवाफमा गृहमन्त्रीले ‘राजनीतिकरण नगरौं’ भन्ने अभिव्यक्ति दिएपछि आक्रोशित कांग्रेसले संसद अवरुद्ध गरे।

दुई–दुई पटक अवरुद्ध बैठक सोमबार दिउँसो ३ बजेसम्म स्थगित हुन पुग्यो। आइतबार दिउँसो १ बजे बोलाइएको बैठक सुरु हुनासाथ कांग्रेसले गृहमन्त्री थापासँग बाँके घटनामा आफ्ना कार्यकर्ता कुटिएको बारे जवाफ मागेको थियो।

प्रकाशित मिति: : 2019-09-15 19:11:52

प्रतिकृया दिनुहोस्