एमबिबिएसका लागि प्रवेश परीक्षा लिन बाटो खुल्यो

फाइल तस्बिर

काठमाडौं । सर्वोच्च अदालतले एमबिबिएसको प्रवेश परीक्षा रोक्ने गरी यसअघि आफैंले दिएको अन्तरिम आदेश बदर गरेको छ।

आइतबार न्यायाधीश ईश्वर खतिवडा र मनोज शर्माको इजलासले उक्त परीक्षा नियमविपरित भएको भन्दै परेको रिटमा अन्तरिम आदेश नहुने निर्णय गरेपछि पहिलेको अन्तरिम आदेश बदर भएको हो।

आदेशसँगै त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएसका लागि प्रवेश परीक्षा लिन बाटो खुलेको छ।

प्रकाशित मिति: : 2019-09-15 18:03:33

प्रतिकृया दिनुहोस्