प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाही छुटे

ज्ञानेन्द्र शाही, फाइल तस्बिर

काठमाडौं । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएर छोडेको छ ।


आइतबार दिउँसो ललितपुरको पुल्चोकमा शाहीले पत्रकार सम्मेलन गरिरहेको समयमा केही यूट्यूव च्यानल सञ्चालक बिच सामान्य झडपको अवस्था सृजना भएको थियो। सम्मेलनमा पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै शाहीलाई नियन्त्रणा लिएको थियो।

 

शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले विरोध जनाएका थिए । उनले यही विषयमा पत्रकार सम्मेलन गर्दा विवाद भएको थियो ।

प्रकाशित मिति: : 2019-09-15 15:30:32

प्रतिकृया दिनुहोस्