एक वर्षमा १८ सय प्रहरी कर्मचारी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीमा कार्यरत् जवानदेखि अधिकृतसम्मका १८ सय जना गत आर्थिक वर्ष ०७५/७६ मा कारबाहीमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २ सय ४९ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । नोकरीबाट हटाइएका व्यक्ति भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिँदैनन् । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिन्छन् ।

प्रकाशित मिति: : 2019-09-15 11:56:21

प्रतिकृया दिनुहोस्