४२ सन्तानकी कुमारी आमा !

तस्बिरः शिलापत्र

उनी अविवाहिता हुन् । तर, ४२ सन्तानलाई न्यानो मातृत्व प्रदान गरिरहेकी छिन् । आफूभन्दा ‘ठूला उमेरका छोरीहरू’को स्याहार गरिरहेकी छिन् । समाजबाट तिरस्कृत भएर कठिन जीवन भोग्न विवश थुप्रै छोरीलाई स्नेहपूर्ण मातृत्व प्रदान गरिरहेकी ‘कुमारी आमा’ हुन्, श्रीनेहा ।

०००

झरीपछि उघ्रिएको आकाश । जमिन ओभाएको थिएन । ललितपुरको कुसुन्ती हाइटस्थित ‘नेपाल स्नेही काख’मा पुग्दा मध्यान्हको १२ बजेको थियो ।

‘स्नेही काख’की आमा श्रीनेहाको आँखा पनि ओसिलो थियो । कारण थियो, पानीको भेलले उनका ४२ सन्तानलाई कम्ता सकस दिएन । हो, सन्तानको हरसकसमा उनको आँखा रसाउँछ । तर, भिजेको आँगनमा उपस्थित केही सहयोगी मनले उनको मुहारमा चमक आउँछ ।

प्रकाशित मिति: : 2019-09-14 11:40:26

प्रतिकृया दिनुहोस्