मोतिहारी-अमलेखगञ्‍ज पेट्रोलियम पाइपलाइन: २४ वर्षपछि सपना साकार

दक्षिण एसियाकै पहिलो क्रसबोर्डर अर्थात बहुप्रतिक्षित परियोजना मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सपना २४ वर्षपछि साकार भएको छ।

नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतका तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले एकै साथै पेट्रोलियम पाइपलाइनको स्विच अन गरेपछि भारतबाट नेपालमा इन्धन भित्र्याउने कामको सुरुवात भएको हो। 

मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको काम सम्पन्न गर्न ३० महिनाको समयसीमा अनुमान गरिए पनि दुवैतर्फका प्राविधिकहरुको दक्षताका कारण उक्त काम १५ महिनामा सम्पन्न भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पाण्डेले जानकारी दिए।

उनले भने, ‘पहिला भारतबाट तेल ल्‍याउन काठमाडौंबाट ट्यांकर लिएर जानु पर्थ्यो। तर अब यो समस्या हटेको छ। अब सिधै पाइललाइनबाटै इन्धन भारतबाट नेपाल भित्रिनेछ। 24 वर्षको उक्त सपना बल्ल पूरा भएको छ। हामी उत्साहित छौ’

प्रकाशित मिति: : 2019-09-12 19:40:30

प्रतिकृया दिनुहोस्