नेकपाले टुंग्यायो ७७ जिल्लाका अध्यक्ष र सचिव

नेकपा सचिवालय बैठकले ७७ जिल्ला कमिटीका अध्यक्ष र सचिवको टुंगो लगाएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठक अन्तत: यो निर्णयमा पुगेको हो।

अध्यक्षद्वय ओली र दाहाल एकताको अन्तिम निर्णयमा पुगेपछि अर्को गुटका नेता माधव नेपाललाई सहमतिमा ल्याउँन बालुवाटार बोलाइएको थियो। 

७७ जिल्लामध्ये ४५ मा पूर्वएमाले र ३२ मा पूर्वमाओवादीलाई नेतृत्व दिने निर्णय भएपटि ४५ मध्ये कतिमा ओली पक्ष र कतिमा नेपाल पक्षले नेतृत्व लिनेमा विवाद थियो।

ओली पक्षले नेपालको वरिष्ठता सूत्र अस्वीकार गरे पनि नेपाल पक्षले एकतालाई नलम्ब्याउने शर्तमा ओलीकै नामावली स्वीकार गरेको बताइएको छ। 

वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवशको अवसरमा घोषणा गरिने नेकपाका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकले केही दिन भित्र पोलिटब्यूरोको गठन गरी सबै केन्द्रीय समितिका सदस्यको कार्यविभाजन गर्ने निणर्य गरेको पनि प्रवक्ता श्रेष्ठले बताए ।

प्रकाशित मिति: : 2019-04-21 20:53:08

प्रतिकृया दिनुहोस्