बेलायतमा प्रधानमन्त्री मेको पक्षमा एक मतको बहुमत

तस्वीर सौजन्य: एचओसी

बेलायती संसदको तल्लो सदनले युरोपेली संघबाट बाहिरिनका लागि थप समय माग्न स्वीकृत दिएको छ। 

प्रधानमन्त्री टरिजा मे ले विपक्षी नेता जेरेमी कोर्बिनसँग सहयोग मागेपछि उनकै पार्टीका एक सांसदले यो प्रस्ताव पेश गरेका थिए।पक्षमा ३१३ मत र विपक्षमा ३१२ मत खस्दा  प्रस्ताव एक मतको झिनो मतले पारित भएको हो। 

यो प्रस्ताव पारित भएपछि अर्को साता इयुबाट हुनसक्ने ठानिएको सम्झौता बिनाको ब्रिटेनको बहिर्गमन रोकिने सम्भावना बढेको छ। 

तल्लो सदनले पारित गरेको प्रस्ताव कानुन बन्न माथिल्लो सदनबाट समेत पारित हुनुपर्छ।

यसरी पारित भएको प्रस्तावको पक्षमा इयुले  सहमति दिन्छ वा दिंदैन?, त्यो पनि यसै भन्न सकिदैन।

मतदानअघि प्रधानमन्त्री मे र विपक्षी नेता कोर्बिनसँग भएको वार्तालाई लिएर प्रधानमन्त्रीको दल कन्जरभेटिभ पार्टीमा विवाद बढेको छ। पार्टीका ब्रेक्जिट पक्षधरले मे को चर्को आलोचना गरेका छन् भने दुई कनिष्ठ मन्त्रीले राजिनामा दिएकाछन्।  

ब्रेक्जिट योजनामा सहमति खोज्नका लागि बिहीवार दुई पार्टीबीच छलफल हुने बताइएको छ।

 

प्रकाशित मिति: : 2019-04-04 10:02:44

प्रतिकृया दिनुहोस्