राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले अहिले पनि मुलुक यथास्थितिमा नै चलिरहेको आरोप लगाएका छन् । संघीय संसदको तेश्रो अधिवेशन अन्त्यको अवसरमा आईतबार प्रतिनिधिसभामा बोल्दै राजपाका नेता महन्थ ठाकुरले यथास्थितिलाई नै लाद्ने काम भएको टिप्पणी गरे । संविधान बनाउँदा र समयमा पहिचानको आधारमा संघ हुनुपर्छ भनेर भनिएपनि सो अनुसार संघ नबनेको नेताहरुले नै स्वीकार गरेको भन्दै उनले परिर्वतनको महसुस अझै पनि जनताले गर्न नसकेको बताए ।