हङकङमा प्रजातन्त्रवादीको ऐतिहासिक जीत

तस्बिरः एजेन्सी

हङकङको निर्वाचनमा प्रजातन्त्रवादी पक्षले चीन समर्थक सत्ता विरुद्ध ऐतिहासिक जित हासिल गरेको छ।

प्रजातन्त्रवादी समूहले १८ जिल्ला परिषदका ४ सय ५२ सिटमध्ये ३ सय ९४ सिटमा विजय हासिल गरेको छ भने चीन निकट वर्तमान सत्ता समर्थक ५८ सिटमा खुम्चिएको छ।

निर्वाचनले बिगत ६ महिनादेखि चीनको बढ्दो हस्तक्षेपबिरुद्ध चलेको आन्दोलनको मागलाई वैधानिकता दिलाएको छ। चार वर्षअघिको निर्वाचनमा कुल सीटमध्ये १०० सीटमा मात्र जीत हाता पारेको लोकतन्त्र पक्षले यसपटक चीनसमर्थक सत्तालाई धक्का दिएको हो।

यो चुनाव हङकङको राजनीतिक शक्ति समिकरणमा ठूलो भूमिका खेल्ने नभइ स्थानीय कार्यहरुमा सक्रिय हुने निकाय हो तरपनि यसले चीन र उ समर्थक सरकारबिरुद्ध ठूलो राजनीतिक सन्देश भने प्रवाह गरेको छ।

हङकङका चर्चित प्रजातन्त्रवादी युवा नेता जोशुआ वोंग, सरकारले उनलाई चीनको विरोध गरेकोमा जेल सजाए दिइनुका साथै चुनावमा उठ्नसमेत अगोग्य ठहर्‍याइएको थियो।

चीन समर्थक सरकारले हङकङका चर्चित युवा जोशुआ वोंगलगायतका प्रजातन्त्रबादी युवाहरुलाई चुनावमा उम्मेदवारी दिन प्रतिबन्ध लगाएको थियो भने आफ्नो ठूलो शक्ति स्थानीय चुनाव जित्न खर्चेको थियो।

सन् २०४७ सम्म सुरक्षा र विदेश नीतिमा वाह्य हस्तक्षेप नगर्ने सहमति जनाएको चीनको बढ्दो हस्तक्षेपबाट आजति हङकङबासीले चुनावमा लोकतन्त्रवादीलाई मत दिएर चिनियाँ शैलीको अभ्यास हङकङमा अस्विकार्य रहेको सन्देश दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले टिप्पणी गरेका छन्।

चुनावी परिणामले चिनियाँ बढ्दो हस्तक्षेपलाई आमन्त्रण गरेको सरकारलाई रक्षात्मक अबस्थामा पुर्‍याइदिएको छ भने सरकार विरोधी आन्दोलनकारीले आफ्ना मागहरू जनताले अनुमोदन गरेको रुपमा अथ्र्याइएको छ। पहिलो पटक मतदान गर्ने युवाहरूको अधिकांश मत चीन समर्थक सरकारको विपक्षमा खसेको छ।

प्रकाशित मिति: : 2019-11-25 13:01:00

प्रतिकृया दिनुहोस्