अब भारत जान पनि चाहिने भयो नेपालीलाई भिसा

अब भारत जान पनि भिसा !- सूचना जारी गर्यो नयाँदिल्लीस्थित नेपाली राजदूताबासले । तस्बिर : फाइल

भारत जानका लागि पनि अब नेपालीलाई भिसा चाहिने भएको छ । 
झट्ट सुन्दा अपत्यारिलो लागे पनि यो सत्य हो कि अब भारत जान पनि नेपालीलाई भारतको भिसा चाहिने भएक हो । तर, यो सबै देशबाट भारत जानलाई हैन, विश्वका चार मुलुकबाट भारत जानु पर्यो भने नेपालीले पनि अनिवार्य रूपमा भारतको भिसा लिनुपर्ने भएको छ । 

नयाँदिल्लीस्थित नेपाली राजदूताबासले जनाएअनुसार अब चीन, हङकङ, मकाउ र पाकिस्तानबाट सिधै भारत जानु पर्यो भने नेपाली नागरिकले पनि भारतको भिसा लिनुपर्ने हुन्छ । राजदूताबासले शुक्रबार जारी गरेको एक सूचनामा भनिएको छ - ‘चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीहरुका लागि भारतको भिसा आवश्‍यक पर्ने जानकारी प्राप्त भएकोले सोही बमोजिम गर्न हुन जानकारी गराइन्छ ।’

मकाउ र हङकङ चीनकै हिस्साका रूपमा रहेका छन् भने चीन भन्नाले चीनको मेनल्याण्ड बु्झिन्छ । भारत सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार अब भारतसँग खासै सुमधुर सम्बन्ध नभएका चीन, चीन शासित हङ्कङ र मकाउ तथा भारतको जानी दुश्मनको रूपमा रहेको पाकिसतानबाट कोही नेपाली सिधै भारत जानु पर्यो भने उसले भारतीय भिसा लिनुपर्ने हुन्छ । 

भारतले सुरक्षा प्रयोजनका लागि यसो गर्नुपरेको बताएको छ भने नेपाली राजदूताबासले भारतको आग्रहका कारण यस्तो सूचना जारी गरिएको जनाएको छ । 

 

प्रकाशित मिति: : 2019-06-22 03:06:21

प्रतिकृया दिनुहोस्