अमेरिकी वैज्ञानिक संस्था 'नासा'ले आगामी वर्षदेखि अन्तरिक्षमा रहेको आफ्नो स्टेसनमा पर्यटकलाई जान दिने घोषणा गरेको छ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)को भ्रमण गर्न एक जनाले प्रतिदिन ३५ हजार डलर शुल्क तिर्नुपर्नेछ र यो सन् २०२० पछि लागू हुनेछ।
'पृथ्वीको परिक्रमा गर्ने सो स्टेसन पर्यटन तथा अन्य व्यापारिक प्रयोजनका लागि खुला गरिनेछ,' नासाले भनेको छ। आइएसएसका उपनिर्देशक रोबिन गेटेन्सका अनुसार प्रत्येक वर्ष निजी खर्चमा २ वटा छोटा अन्तरिक्ष भ्रमण हुनेछन्।
अमेरिकी अन्तरिक्षयानमा बसेर जाने पर्यटकहरूले आइएसएसमा ३० दिनसम्म बस्ने अनुमति पाउने उनले बताए।